17k
Shares
कञ्चनपुर, १३ जेठ। कञ्चनपुरमा जिपको ठक्करबाट दुई जना घाइते भएका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका–१ सिद्धचोकमा बेलौरीबाट बेलडाँडी आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च २७६१ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्रुलाई ठक्कर दिएको हो । शनिबार बेलौरी नगरपालिक–९ रतनपुरका ३० वर्षीय साइकलमा सवार सुनिल चौधरी र १९ वर्षीय पवन चौधरीलाई पछाडीबाट जिपले ठक्कर दिँदा दुबै जना घाइते भएका छन् ।
घाइते दुबै जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । सुनिल चौधरीको टाउकोमा चोट लागेको छ भने पवन चौधरीको बाँया हात र खुट्टामा चोट लागेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।