17.2k
Shares
जनकपुरधाम, ९ जेठ । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मधेस सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एकलौटी गरेको भन्दै माओवादी केन्द्र असन्तुष्ट बनेको हो । माओवादीबाट मन्त्री रहेकी सुनिता यादवले पार्टी सरकारबाट बाहिरिने बताइन् । गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।