थप १ हजार ६ सय ६९ कोरोना संक्रमित थपिए

18.1k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको संख्या दुई लाख २० हजार ३ सय ८ पुगेको छ । 

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ३२ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

सम्बन्धित समाचार