ललितपुर/क्षितिज आ.मा. विद्यालयले आज शनिबार नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अभिभाकत्व ग्रहण कार्यक्रम वृहत् रुपमा सम्पन्न गरेको छ । विहान ८ बजे हरसिद्धी फेमीली रिसोर्टमा आयोजना भएको उक्त कार्यक्रममा नयाँ ७२ जना विद्यार्थीहरुको उपस्तिथि रहेको थियो भने २६० जना अभिभावकहरुले प्रत्यक्ष रुपमा आफ्नो सहभागीता जनाएका थिए ।
नयाँ विद्यार्थीहरूलाई औपचारिक रुपमा खादा र उपहार सहित स्वागत गरिएको उक्त कार्यक्रममा स्मार्ट माइन्ड का प्रबन्ध निर्देशक तथा कार्यक्रमका प्रमुख बक्ता पर्शुराम निरौला, ब्लु वर्ड फाउन्डेसनका संस्थापक सदस्य तथा बरिस्ठ शिक्षक यादक निरौला, व्यवस्थापान समितिका अध्यक्ष बाबुराम महर्जन लगायत अन्य बुद्धीजीवीहरुको बाक्लाे उपस्थिति रहेको थियो । यस्तै कार्यक्रमको सभापतित्व क्षितिज स्कूलका प्रिन्सिपल भुवन महर्जनले गर्नुभएको थियो ।
कार्यक्रममा अतिथीहरुले आ-आफ्नो मन्तव्य पनि प्रस्तुत गर्नुभएको थियो । जसमा अभिभावकत्वलाई जोडिएर आयोजना गरिने यस किसिमका कार्यक्रमले अभिभावकहरुले आफ्नो बच्चाहरु कस्तो किसिमको परिवेशमा हुर्किरहेका छन् भन्ने कुरा प्रत्यक्ष रुपमा नियाल्नसक्ने वातावरण सिर्जना हुने कुरामा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
यस्तैमा सभापति महर्जनले यस किसिमको कार्यक्रमलाई निरन्तरा दिइरहने बताउनुभयो । महर्जनका अनुसार यस्ता कार्यक्रमले अभिभावकहरुले राम्रा राम्रा कुराहरु अनुभुती गर्दै जाने र बैचारीक सम्बन्धको अभिृद्धि आदान प्रदान हुने भएको हुँदा यस कार्यक्रमलाई विगतमा जस्तै निरन्तरता दिँदै जाने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा पनि प्रस्फुटन गरेका थिए ।
स्कूलले विभिन्न गतिविधहरुमा आफ्नो सहभागीता देखाउँदै आइरहेको छ । जसमा बैशाख २६ गते क्रिएटीभ फाउन्डेसनकाे आयोजनामा भएकाे उपत्यकाव्यापी इन्टर फुटसल प्रतियोगीतामा सिनियर ब्वाइजमा तेस्राे र जुनियर ब्वाइजमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो भने ललितपुर खेलकुद महाेत्सव २०७९ मा उसु खेल अन्तर्गत उसुमा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्न गर्न सफल भएको थियो । अरु यस्ता असंख्य कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरुलाई दक्ष बनाउँदै लाने महर्जनले बताउनुभयो ।
जसमा साउनमा सिंगिङ, डान्सिङ कार्यक्रमा आयोजना गरिने र असोजमा आर्ट प्रतियाेगीता आयेाजना हुने जानकारी दिनुभयो । अरु समयसापेक्ष संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा पनि आफ्नो स्कूलले सहभागीता जनाउने महर्जनले बताउनुभयो ।



