टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

17.8k Shares

काठमाडौं,१ जेठ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सोमवार जिल्ला अदालत काठमाडौँले रायमाझीलाई तीन थुनामा राख्न अनुमति हाे।

रायमाझी आइतवार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।  रायमाझीलाई वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएकामा १२औँ दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो ।

घटनामा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार