बेल्जियम नेसन्स लिगको दोस्रो चरणमा

21.1k Shares

काठमाडौं । रोमेलु लुकाकुको दुई गोलको मद्दतमा सहज जित निकाल्दै बेल्जियम नेसन्स लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा बेल्जियमलाई ४-२ ले पराजित गर्दा लुकाकुले दुई गोल गरेका थिए ।
घरेलु मैदानमा भएको खेलमा बेल्जियमले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा योउरी टेलिम्यानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । १७औं मिनेटमा खेल बराबरीमा आएको थियो । डेनमार्कका लागि जोनस ओल्डर विन्डले गोल गर्दै पहिलो हाफमा खेल १–१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा घरेलु टोली बेल्जियमले थप तीन गोल गर्दा डेनमार्कले भने एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ५७औं मिनेटमा लुकाकुले गोल गरे । ६९औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३-१ को अग्रता दिलाए । 
८६औं मिनेटमा डेनमार्कले आत्मघाती उपहार पाएको थियो । बेल्जियमका नासिर चाड्लीले आत्मघाती गोल गर्दै डेनमार्कले गोल अन्तर घटाउने प्रयार भएको थियो । तर, त्यसको एक मिनेट नबित्दै केभिन डी ब्रुइनले गोल गर्दै बेल्जियमलाई ४-२ को सहज जित दिलाए ।
यो जितसँगै बेल्जियम नेसन्स लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । समूह ‘बी’मा हरेको बेल्जियमले पाँच खेलमा जित र एक खेल बराबरी खेल्दै १५ अंक जोडेर लिगको दोस्रो चरणमा प्रवेश गरेको हो । यता डेनमर्कले भने समान खेलबाट १० अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

सम्बन्धित समाचार