काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ जना कोरोना संक्रमित थपिए

18.5k Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २ सय ६१  जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ७६, ललितपुरमा २ सय ४ र भक्तपुरमा ८१ जनालाई  कोरोना संक्रमण देखिएको छ ।
आज देशभर २ हजार ५ सय ६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।
२४ घण्टामा १ हजार ६ सय ६६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।
आज देशभर २६ संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय ७४ पुगेको छ ।
आज देशभर ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार