प्रहरीकै संरक्षणमा महाराजगंजको कान्तिपुर स्पामा यौनजन्य गतिविधि बढ्दै

20.4k Shares

काठमाडौं । विगतमा यौनजन्य गतिविधि विशेष गरी क्याबिन रेस्टुरेन्टमा हुने गरेको पाइन्थ्यो । पछिल्लो समय क्याबिन रेस्टुरेन्टलाई समेत माथ गर्ने गरी मसाज र स्पा सेन्टरको नाममा यौनजन्य गतिविधि हुने गरेको पाइएको छ ।
बिशेष गरी काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्पाको नाममा यौनधन्दा संञ्चालन हुँदै आएको पाइएको छ । मसाज र स्पामा हुने अश्लील क्रियाकलाप रोक्न प्रहरीले बेलाबेलामा छापा नमारेको पनि होइन, तर पनि यो धन्दा झन्झन् मौलाउँदै गएको छ । 
स्पा सेन्टरको नाममा यौन धन्दा चलाउने काठमाडौंको अति संम्वेदनसिल क्षेत्र भनेर चिनिने महाराजगन्जको शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्र अस्पतालको नाकै मुनि रहेको कान्तिपुर स्पामा खुलमखुल्ला यौनजन्य गतिविधि हुने गरेको पाइएको छ । 
हाम्रा संवाददाताको स्थलगत रिपोर्टिङपछि स्पाको नाममा मशाज मात्र होइन यौनधन्दा पनि हुने गरेको पाइएको छ । मसाज र स्पामा तेलमालिस त बहाना मात्र हो, मसाजकर्ताको ध्येय अर्कैतिर हुन्छ । त्यो हो, ‘ह्याप्पी इन्डिङ’ अर्थात् मसाज र स्पा सेन्टरमा हुने स्खलन र यौनजन्य गतिविधि ।
ग्राहकलाई जतिसुकै अनुशासनमा राख्न खोजे पनि ग्राहकको मागका कारण मसाज र स्पामा हिजोआज ‘ह्याप्पी इन्डिङ’को चलन बढ्दो छ । 
मसाज केन्द्र प्रवेश गर्दा थकित मुद्रामा छिरेको एउटा पुरुष फर्कंदा ‘फ्रेस’ मात्र भइरहेको हुँदैन, उसको मुहारमा बेग्लै चमक पनि छाइरहेको देख्न सकिन्छ । काठमाडौमा रहेका हरेक मसाज सेन्टर र स्पामा दिनहुँ देखिने दृश्य हो यो ।
यो तेल मालिसमा के त्यस्तो जादु हुन्छ र यसले दिनहुँ ग्राहक लोभ्याइरहेको हुन्छ ? के कारणले ग्राहकको अनुहार दिप्त हुन्छ ? भन्ने मान्छेमा विभिन्न किसिमका जिज्ञासा आउनु स्वभाविक हो ।
हाम्रा सम्वाददाताका अनुसार स्पाको आवरणमा त्यहाँ अश्लील क्रियाकलाप भएको स्पष्ट थाहा भएको छ । तेल मालिस त बहाना मात्रै रहेछ । त्यहाँ पाइने ‘अरुखाले’ सेवाले मात्र ग्राहक पल्काइरहेको छ ।
के हो त्यस्तो सेवा भन्ने सबैमा उत्सुकता भइनैराख्ने नै भयो, त्यो ‘ह्याप्पी इन्डिङ’ त हो नि, छानीछानी मसाज सेन्टर र स्पा धाउने एक जना ग्राहकले भने, अहिले स्ट्यान्डर्ड भनिएका स्पामा पनि अश्लील क्रियाकलाप हुने गरेको ती ग्राहकले खुलेरै हाम्रा सम्वादातासँग ठट्यौली पारामा बताइरहेका थिए ।
ती ग्राहकले भने ‘माथिदेखि तलसम्म पुरै मसाज गर्ने गरेका छन् । लास्टमा हस्तमैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाइदिन्छन् । त्यसकै मज्जा लिन यहाँ मान्छेहरुको भिड लाग्ने गरेको हो । कहिलेकाँही त रमाइलो पनि गर्नुपर्छ नि होइन र रु’ करिब ५० वर्ष उमेर भएका ग्राहकसँग जिज्ञासा राख्दा ती ग्राहकले भने ‘हप्तामा एकपटक ।’ हाम्रा संवादाताको प्रश्नको उतर दिँदा ती ग्राहकको अनुहार रातोपिरो भएको थियो भने हामीमाथि शंकास्पद दृष्टिले नियालिरहेका थिए ।
के हो त ह्याप्पी इन्डिङ ?
पछिल्लो समय मसाज र स्पा धाउने ग्राहकमाझ चल्तीको गोप्य भाषा हो– ह्याप्पी इन्डिङ । कसैले छापा मार्ला भन्ने डर पनि भएन मज्जा पनि हुने भयो । मसाज र स्पा सेन्टरतिर पछिल्लो समय पुरुषको गोप्य अंगमा पनि मसाज गरिदिने प्रचलन बढेको छ । यो त मसाजको पार्ट नै भइसक्यो, उनले भने १२ सय रुपैयाँमा मसाज पनि हुन्छ ह्याप्पी इन्डिङ पनि हुन्छ त्यस्तो भएपछि किन नआउने त ?
महाराजगन्ज को कान्तिपुर स्पामा हामी एक नियमित ग्राहकको सहयोगमा उनीसँगै कान्तिपुर स्पा भित्र पुगेका थियौं । प्रवेश गर्न नपाउँदै चार–पाँच जना युवतीको समूहले सामूहिक रुपमा स्वागत गरिहाले, नमस्ते सर नमस्ते भन्दै के सेवा लिनु हुन्छ भनेर अफर सुरू गरिसकेका थिए ।
‘पानी पिउने हो सर ? स्वागतको सिलसिला थप अघि बढ्यो । पानी पिइसकेपछि सदाझैँ ती ग्राहकले एक घण्टा मसाज गर्ने निर्णय गरे । युवतीसहित भित्र पर्दाले छोपिएको कोठामा पुगे । बाहिर अन्य युवतीहरु विभिन्न कुरा गरिरहेका थिए ।
करिब एक घण्टाको मसाजपछि आएका ग्राहक मुस्कुराउँदै बाहिरिए । फेरि युवतीहरुले पानी अफर गरे । उनले पिए । कस्तो भयो त मसाज ? ‘बबाल भयो, ह्याप्पी इन्डिङ पनि गरियो । 
मन्द मुस्कानसहित उनी बोले ‘त्यहाँ उनले एक घण्टाको बडी मसाजको १२ सय रुपैयाँ तिरेछन् जसभित्र ‘ह्याप्पी इन्डिङ’ पनि प¥यो । तर त्यतिमात्रले उनको यौन उतेजना रोकिएन तसर्थ उनले भित्र एक्स्ट्रा एकहजार रुपैयाँ तिरेर आफ्नो मन शान्त पारेको पनि भन्न भ्याइरहेका थिए ।
वास्तवमा ठमेल, दरबारमार्ग, महाराजगन्ज लाजिम्पाट, चाबहिल, चुच्चेपाटी, बौद्ध, जोरपाटीलगायत विभिन्न स्थानमा खोलिएका मसाज र स्पा सेन्टरमा पुग्दा थाहा भयो– नेपालीहरुमा ‘ह्याप्पी इन्डिङ’ गर्न मसाज धाउने ट्रेन्ड बढेको रहेछ । मसाज सेन्टरको आवरणमा यौन व्यवसाय चलाइरहेको खबर पहिले–पहिले पनि धेरै आएका थिए तर अहिले हामीले प्रत्यक्ष रिपोर्टिङको सिलसिलामा त्यस्ता व्यवसाय चलाइएको प्रत्यक्ष रुपमा देख्न पाएका हौं । 
प्रहरीलाई पनि मसाज सेन्टरमा हुने अनैतिक क्रियाकलापबारे राम्रोसँग जानकारी छ । तर  स्प ासेन्टरका एक युवतीका अनुसार महाराजगन्जका प्रहरी पनि हप्ताको दुई पटक ‘ह्याप्पी इन्डिङ’ गर्न आउने गरेको बताँउछिन् । ‘केही स्तरीय स्पा बाहेक प्राय स्पा सेन्टरमा ह्याप्पी इन्डिङ हुन्छ, मसाज र स्पाका नियमित ग्राहक रहेका एक जनाले ठोकुवा गरेर भने, यति नभइ त मसाज र स्पा सेन्टर चल्छ पनि कसरी रु जिउ मालिस गर्नलाई मात्र त को त्यहाँ जान्छ र रु रमाइलो त हुनै प¥यो नि रु
मसाज सेन्टर र स्पामा काम गर्ने अधिकांश महिला कर्मचारीको आ–आफ्नै बाध्यताहरू हुन्छन् । अधिकांश कलेज पढ्ने किशोरीले आफ्नो चाहाना पुरा गर्न र घरको अवस्था कम्जोर भएकाले बाध्यताले यस्तो काम गर्न बाध्य भएको बताउने गरेका छन् भने कसैलाई श्रीमान्ले छाडेको, आर्थिक अवस्था कमजोरलगायतका कारणले उनीहरुलाई मसाज र स्पा सेन्टरमा यौनजन्य गतिविधि गर्न बाध्य बनाउने गरेको रिर्पोटिङका क्रममा खुलेको हो ।
हाम्रा संवाददाताले ग्राहकको भेषमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका स्पा सञ्चालकहरूसँग कुरा गर्ने रिपोटिङ गर्ने क्रममा भ्वाइस रेकर्डिङ गरेर उनिहरूसँग कुराकानी गरेका थिए ।  
यस्तो छ ऐनमा व्यवस्था
मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण ऐन २०६४ मा कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृत्तिमा लगाउने कार्यलाई मानव बेचबिखन तथा ओसार प्रसार गरेको मानिने उल्लेख छ ।
ऐनले वेश्या वृत्तिमा लगाउने वा शोषण गने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने कुनै स्थानमा राख्ने वा नेपालभर एक ठाउँबाट अर्को ठाउँमा लैजाने वा विदेश लैजाने वा अरु कसैलाई दिने कार्यलाई निषेध गरेको छ ।
कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना र वेश्यागमन गर्नेलाई एक महिनादेखि ३ महिना कैद र २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि विद्यमान मुख्य कानुनी व्यवस्थाहरुः सरोकारवाला निकाय
नेपालको संविधान २०७२ मा मौलिक हक र कर्तव्यको रुपमा र नागरीक सुरक्षा नीतिमा समेत उल्लेख गरेको छ । त्यस्तै मुलुकी अपराध (संहिता) ऐन, २०७४ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ । श्रमजीवि महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्स बार, मसाज, स्पाजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ ।
मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण०ऐन २०६४ र नियमावली २०६५का मुख्य व्यवस्थाहरुमा दण्ड तथा सजाय सम्बन्धि, क्षतिपूर्ति सम्बन्धि, गोपनीयता सम्बन्धि, पिडितको बयान प्रमाणित गराउने व्यवस्था एवं पीडकलाई पक्राउ गर्न वा खानतलासी लिन सकिने व्यवस्था गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रमुख समन्वयकारी निकायहरूमा महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालय, मानव वेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति, मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, मानव वेचविखन तथा ओसारपसार नियन्त्रण कार्यदल–उपसमिति मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय सयन्त्रहरु सक्रिय छन् ।
त्यस्तै मानव बेचबिखन ऐन २०६४ अन्तर्गत ९दफा ४०मा अरुलाई वेश्यावृत्तिमा लगाउनेलाई कारबाही गर्ने कुरा उल्लेख छ ।
यो केवल राष्ट्रिय दण्ड (संहिता) ऐन,२०१७  को खण्ड ११९ र  १२० हो जसले वेश्यावृत्तिको लागि अनुरोध गर्न निषेध गर्दछ । कुनै व्यक्ति वेश्यावृत्तिमा संलग्न भएमा वा कसैलाई संलग्न गराएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख छ ।
यसैबीच ऐनको दफा १२० ले कुनै पनि व्यक्तिले जानीजानी आफ्नो घर, जग्गा वा यातायातका साधन उपलब्ध गराउन नहुने ऐनमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार