काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरमा थप जनामा २ हजार ८ सय २४ कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
आज देशभरमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १३ हजार २३ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लख ५६ हजार ३६६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६२० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।