राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार

19k Shares

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र  बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ । 

सम्बन्धित समाचार