जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा पक्राउ

20.1k Shares

काठमाडौँ, १६ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा देवराज गौतमलाई पक्राउ गरेको छ । गौतमले तिब्बतियनलाई नागरिकता दिन सहयोग गरेको आरोप छ । नासु गौतमलाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ  ।

तिब्बतियनलाई नागरिकता दिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ९ मा ५ 

पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका क्यान्टिन सञ्चालक विजय लामा सहितको ‘सेटिङ’ मा उनीहरुले तिब्बत घर भएका लोब्साङ ठिन्लेलाई नागरिकता बनाइदिएको आरोप छ ।

झापाको कचनाकवल गाउँपालिका–३ घर भएका कृष्णबहादुर कटुवालले नागरिकता बनाउन आवश्यक कागजात बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नागरिकता प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

सम्बन्धित समाचार