काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
काठमाडौंमा २३९१, ललितपुरमा १७३ र भक्तपुरमा ५४३ गरी ३ हजार १०७ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।
४४ हजार ४७४ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १४ हजार ६७६ जना रहेका छन् भने होम आइसोलेसनमा २० हजार ८ सय जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ११८ नमूनाको पीसीआर परीक्षण भएको छ । बुधबार २९ सय ९६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।
आइसीयूमा २६९ र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा कोरोनाबाट ७९१ जनाको मृत्यु भएको छ । बुधबार मात्रै २६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।