काठमाडौंमा उपत्यकामा १७०२ कोरोना संक्रमित थपिए

16.1k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ७०२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ कोरोना संक्रमित थपिएका हुन् ।

सोमबार काठमाडौंमा दुई हजार ८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी दुई हजार ३८८ कोरोना संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा एक हजार ४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा देशभर तीन हजार ९३ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार