आज प्रधानमन्त्रीले विस्वासकाे मत लिँदै, सत्प्रतिसत मत पाउने आश छ : प्रचण्ड

16.9k Shares

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत ाजलिं लिँदैछन् भने शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आश पनि गरेका बताएका छन् ।

हिजाे आइतबार प्रतिनिधिसभाको बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो । अाज १०० नै हुन्छ भन्ने आश छ’ प्रधानमन्त्री प्रचण्डले संचारकर्मीहरूसँग भनेका छन् ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसअघि गत पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनले राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक जना सांसद बाहेक सबै दलका तर्फबाट विश्वासको मत प्राप्त गरेका थिए ।

त्यसबेला विश्वासको मत दिएका र सरकारमा सहभागीसमेत भएका नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिइसकेको छ । दुवै दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेका छन् ।
सरकारमा सहभागी दलले नै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अाज सोमबार प्रतिनिधिसभाको बैठकमा पुन: विश्वासको मत लिन लागेका हुन् । तर, प्रचण्डले विगतमा भन्दा पनि धेरै अर्थात्, शतप्रतिशत विश्वासको मत पाउने आश रहेको बताएका हुन् ।

सम्बन्धित समाचार