17.3k
Shares
काठमाडौं/इलेक्ट्रीक दुईपांग्रे सवारी उत्पादक कोमाकीले एलवाइ प्रो नामक इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गरेको छ ।
कोमाकी एलवाइ प्रोले एकपटकको फुलचार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
कोमाकीले उक्त स्कुटरको मूल्य १ लाख ३७ हजार ५०० भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेको छ ।
कोमाकी एलवाइ प्रोमा ३००० वाट क्षमताको हब मोटर दिइएको छ भने ३८ एम्पायरको कन्ट्रोलर पाउन सकिन्छ । यसमा निकाल्न मिल्ने ६२ भोल्ट ३२ एम्पायरको डबल ब्याट्री अप्सन दिइएको छ ।
कम्पनीका अनुसार यो ब्याट्रीलाई फुलचार्ज गर्न ४ घण्टा ५५ मिनेट समय लाग्दछ भने यसले एकपटकको सिङ्गल चार्जमा २०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।