उच्च रक्तचापको समाधान कसरी गर्ने ?

22.6k Shares

मुटु खुम्चिदा र फुक्दा रक्तनलिका धमनिमा पर्ने चापलाई रक्तचाप भनिन्छ । शरीरमा २ थरी रक्तनली हुन्छ । एउटालाई धमनि (आरटेरी) अर्कोलाई शिरा (भेन) भनिन्छ । मुटुबाट रगत पठाउने नलिलाई धमनि भनिन्छ भने मुटुतिर जाने रक्तनलीलाई शिरा भनिन्छ । मुटुले रगत पम्प गर्दा रगतको चाप उत्पन्न हुन्छ त्यसलाई रक्तचाप भनिन्छ । मुटु खुम्चिदा र फुक्दा खेरी रक्त नलीमा पर्ने चाप जति चाहिने हो त्यो भन्दा बढि भयो भने उच्च रक्तचाप हुन्छ ।
–मुटु खुम्चिदाको प्रेसरलाई सिस्टोलिक प्रेसर भनिन्छ । ९०–१४० एम.एम.अफ.एच.जी.सम्मलाई सामान्य मानिन्छ ।
–मुटु फुक्दाको प्रेसरलाई डायस्टोलिक प्रेसर भनिन्छ । ६०–९० एम.एम.अफ.एच.जीसम्मलाई सामान्य मानिन्छ । 
 –सिस्टोलिक प्रेसर ८०–१३० र डायस्टोलिक प्रेसर ६०–८० लाई सामान्य  भन्ने नयाँ कुरा अहिले आएको छ ।

प्रेसर हाई हुँदाका लक्षणहरु ः
१) टाउको दुख्ने ।
२) रिंगटा लाग्ने, वाकवाकी लाग्ने ।
३) धेरै नै बढ्यो भने नाथ्रो फुट्ने ।

उच्च रक्तचापका जटिलताहरुः
१) हृदयघात
२) मष्तिस्कघात
३) मृगौलाघात 
४) दृष्टिघात

प्रेसर बढ्नुका कारणहरुः
–धेरै खानु, बढि मोटाउनु ।
–नुन बढि खानु ।
–चिल्लो बढि खानु ।
–अन्य मर्म अंगका रोगहरु जस्तै किड्नी, फियो, कलेजोको रोग छ भने पनि प्रेसर बढ्न सक्छ ।
–यी केहि पनि कारणहरु होइन, भौतिक कारण पनि केहिछैन भने अनुचित खालको विचारको कारणले रक्तचाप बढेको हुन्छ ।

उपायः
–धैरै चिल्लो खाएको भए नखानु पर्छ ।
–धेरै खाएर मोटाएको भए तौल घटाउनु पर्छ ।
–नुन धेरैे खाएर प्रेसर बढेको भए कम खानु पर्छ ।
–मर्म अंगको रोग भए निको पार्नु पर्छ ।
प्रेसर बिशेष गरी गलत आहार बिहार र बिचार ३ वटै कारणले उत्पन्न हुन्छ । 

आहारबाट हुने प्रेसरको निवारणः
आहारबाट हुने प्रेसरको कारण नुनिलो, अमिलो, पीरो, मसलादार, चियाकफीजस्ता खानेकुराहरु बढि खाने, माछा, मासु, अण्डा, दुध, दहि, घिउ, चिज, चिल्लो बढि खाने र हरियो सागपात र फलफुल जस्ता प्राकृतिक आहार बढि नखानेलाई प्रेसर हाईको लक्षण देखापर्ने भएकोले यस्ता चिज बन्द गर्ने र प्राकृतिक भोजनको सेवन गर्ने । बोसो बढेर पनि रक्त नलि खुम्चिन्छ भने चिया, कफी, नुन, पीरोजस्ता चिजको धेरै सेवनले पनि रक्तनलि खुम्चाउने काम गर्छ । यस्ता खाने कुराले प्रेसर बढेको हो भने यी कुराहरु नखाने बित्तिकै प्रेसर ठीक ठाउँमा आँउछ । मोटोपनबाट प्रेसर बढेको हो भने तौल घटेपछि प्रेसर ठेगानमा आउँछ ।

विहारबाट हुँने प्रेसरको निवारणः
धपेडीको कारणले बढेको पे्रसर आराममा रहेपछि निवारण हुन्छ । काम र आरामको सन्तुलन मिलाउँने । दैनिक प्रातभ्रमण वा सुक्ष्म अंग ब्यायाम, योगासन ब्यायामहरु गर्नु राम्रो हुन्छ ।

विचारबाट बढेको प्रेसरको निवारणः
विचारको ढाँचा नमिल्नाले पनि प्रेसर बढ्छ । मन शान्त भएपछि प्रेसर छिटै ठीक ठाँउमा आउँछ । मान्छेको विचार ढाँचालाई ठीक गर्न असम्भव त हैन तर सारै गाह्रोजस्तो देखिएको छ । स्थिर किसिमको टेन्सनले पनि डायस्टोलिक प्रेसर बढ्छ । खानपानमा सधै चिल्लो बढि खानाले पनि डायस्टोलिक प्रेसर बढ्छ । मनलाई शान्त गर्ने अभ्यास भनेको— “चिन्ता गरेर हुने केहि नै हो र, जे गर्नु पर्ने हो गर्नु नै पर्छ, हुने कुरा भएर नै छाड्छ । त्यसैले कुनै पनि हालतमा चिन्ता नगर्ने किनभने चिन्ता गर्नु आवश्यक छैन र चिन्ता गरेर कसैलाई आजसम्म लाभ भएकै छैन भन्ने कुराको बोध गर्ने । चिन्ताको ठाँउमा चिन्तन गर्ने, योजना गर्ने केहि पनि थाहा भएन भने जे पर्छ सोहिटर्छ खोला आएपछि तरौला जब पर्छ सामना गरौला भन्ने खालको बिचार गर्ने । आनन्दले जे गर्नुपर्छ गर्दै गएपछि हुनुपर्ने पनि हँुदै आउँछ । आनन्दिमन तिर गएपछि प्रेसर ठाउँमा आउँछ ।

प्रेसर बढ्दा कस्तो आहार लिने ?  
यदि १५०।९० प्रेसर छ भने तीन बराबर आहार सँगै पानीको उचित प्रयोग गर्ने यसमा हल्का ब्यायाम गर्ने अथवा प्रातभ्रमण गर्न सकिन्छ ।
यदि १६०।१०० भए तीन बराबर आहार लिने र तिनदेखि हप्तादिनसम्म नुन नलिनु पर्छ । यस अवस्थामा पनि हल्का ब्यायाम गर्ने अथवा प्रातभ्रमण गर्न सकिन्छ ।
यदि १८०।११० भए तीन बराबर आहार दुई छाक लिने दिउँसो फलफुल मात्र लिनु पर्छ रक्तचाप सामान्य नभएसम्म नुन नलिनु पर्छ । यस अवस्थामा पनि ब्यायाम अथवा प्रातभ्रमण नगर्र्नु पर्छ । सरल प्राणायाम ध्यान गर्न सकिन्छ ।
यदि रक्तचाप २००।१२० भए पुर्ण विश्राममा रहेर कमसेकम ३ दिनसम्म रसाहार र फलाहारमा रहनु पर्छ । ३ दिन पनि सामान्यमा नरहे अर्को ४ दिन फलाहारमा रहनु पर्छ । त्यस पछि पनि ३ बराबर आहार गर्ने तर सामान्य नभएसम्म नुन बन्द गर्नु पर्छ र आराममै रहनु पर्छ । यस अवस्थामा पनि सरल प्राणायाम बाहेक अन्य व्यायाम गर्नु हुदैन । 
    यदि तौल बढि हो भने तौल घटाउने हिसावले खानु पर्छ । तौल घटाउन प्रकृतिप्रेमी समुुहले ३ र ४ बराबर आहारको आविस्कार गरेको छ । ३ बराबर आहार भन्नाले (एकभाग अन्न, एकभाग हरियो तरकारी र एकभाग काँचो सलाद फलफुल), ४ बराबर आहार भन्नाले  (एकभाग अन्न, दुईभाग हरियोतरकारी र एकभाग काँचो सलाद फलफुल ) को प्रस्तुत गरेको छ । ३ बराबर, ४ बराबर आहारले तौल घटाउनु पर्नेहरुको हप्तामा एक किलोको दरले तौल घट्दै जान्छ । तौल घट्दै गएपछि आहार मिलाउँदै, तौल घटाउँदै, प्रेसरको औषधी दिने डाक्टरको सल्लाह गर्दै औषधी घटाउँदै जानुपर्छ ।

सावधानी ः
यदि प्रेसरको औषधि खाईरहेको भए उपवासमा जान मिल्दैन । खाइरहेका औषधी पनि तुरुन्तै छोड्न मिल्दैन । 

 निम्न रक्तचाप हुनुका कारणहरुः
– थोरै खानु दुब्लाउँनु ।
– चिल्लो जति चाहिने हो त्यो नपुगेर ।
– अन्य मर्म अंगको रोगको कारणले ।
– तितो बढी खादा पनि । 
– मोटोघाटो ब्यक्तिलाई पनि प्रेसर लो हुनसक्छ । विचार नमिलेर डिप्रेसनका विचारले पनि प्रेसर लो हुन्छ ।

निम्न रक्तचापका लक्षणहरु ः
–रिंगटा लाग्ने ।
–कमजोर फिल हुने  ।
–टाउको दुख्ने ।
–सिस्टोलिक प्रेसर ९० डायस्टोलिक पे्रसर ६० भन्दा  कम छ र  रिंगटा पनि लाग्छ भने मात्र प्रेसर लो हुन्छ नभए सिस्टोलिक पे्रसर ८० र डायस्टोलिक प्रेसर ५० मा पनि यी माथिका लक्षणहरु छैन भने प्रेसर लो हुँदैन ।
–टाउको दुखेर रिंगटा लाग्दा पनि सुतेर कम हुन्छ भने प्रेसर लो हो तर सुत्दा पनि रिगटा लागि रहन्छ भने त्यो एसिडिटिको कारण हुन्छ सक्छ । 
–म त खत्तम भए भन्ने जस्ता दुःखी अनुचित विचारले पनि प्रेसर लो बनाउँछ ।

उपाय ः
–आहारमा झोल आहार प्रसस्तै लिने, जीवनजल, नुन चिनी पानी, तरकारीको सुप, अनारको जुस, फलफुल प्रयोग प्रशस्तै गर्नुपर्छ ।
–टन्न खाएर आराम गर्दा प्रेसर लो तुरुन्तै ठीक हुन्छ ।
अहिले चाडपर्व नजिक आउँदैछ छ । चाडपर्वमा धेरैजसो खानेकुराहरु माछामासुका परिकारहरु हुने  त्योपनि चिल्लो, तारेर भुटेर खाने त्यो सँग मिलाउन  रक्सी आदि लिने चलन छ । शाकाहारीहरुले पनि दुग्धपदार्थ र मिठाईजन्य पदार्थहरुको अत्यधिक सेवन गर्ने तर हरिया तरकारी तथा फलफुल सलादको प्रयोगको भने कम मात्र सेवन गर्ने चलनले कब्जियत हुन्छ । जसको परिणाम तौल बढ्ने र मुटुका समस्या, किड्नीका समस्यालगायत सबै समस्याहरु आउने सम्भावना हुन्छ । मानिसको स्वास्थ्य भनेको मानिसले गर्ने आहार, विहार र विचारसँग सम्बन्धित हुने भएकोले स्वास्थ्य समस्या छ भने कतै न कतै आहार, विहार र विचारमा गढबढी भएकै हुन्छ । त्यसैले प्रेसरको समस्यामा पनि यी ३ वटै कुरामा गढबढ हुने भएकोले त्यसमा कहाँ निर गढबढ भएको हो भन्ने कुरा थाहा पाएर त्यसलाई हटाउने काम गरेपछि त्यो समस्या पनि हट्न थाल्दछ । हुनत एकचोटी प्रेसर हाई भएपछि जीवनभर औषधी खानु पर्छ भन्ने चलन छ तर रोग लागि सकेपछि पनि उचित आहार, विहार र विचार गरेको केही समयमा उसले खाएको औषधि लिन नपर्ने अवस्था आउँछ । प्रेसर नियन्त्रणमा आउनु, तौल ठेगानमा आउनु, लिपिड प्रोफाईल ठीक हुनु भनेको रोग निको हुनु सरह नै हो । त्यसको लागि हरेकले आफुले गर्ने आहार, विहार र विचार उचित गर्ने काममा निरन्तरता दिँदा प्रेसर मात्र होइन सबै खाले जीर्ण दीर्घ रोगबाट मुक्त हुन सकिन्छ ।

सम्बन्धित समाचार