22.2k
Shares
काठमाडौ । मन्त्रिपरिषदको सोमबारको बैठकले मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ । रिक्त एक सचिव पदमा मरासिनीलाई नियुक्त गरेको हो ।
सरकारका एक मन्त्रीका अनुसार डिआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई एआइजीमा बढुवा गरिएको छ । दुवैजनालाई बढुवाका लागि सिफारिश गरिएको थियो ।
यसैगरी राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त गर्ने निर्णय भएको छ । सिलवाल निवर्तमान सदस्य सचिव हुन् । रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।